के कारण हुन्छ कब्जियत ? नियमित समयमा खाना नखाने बानी, मैदाबाट बनेको, तारेको, बढी पीरो, चटपटे, मसालेदार खाना खानु, नचपाई खाना निल्नु, पहिले खाएको खाना पचिनसक्दै फेरि खाना खानु, मानसिक तनाव, चिन्ता, क्रोध र शोकको अवस्थामा पनि खाना खानु, रेसादार खाना नखानु, चिया, कफी, खैनी, चुरोट, बिँडीको प्रयोग धेरै गर्नु, खाना खानेबित्तिक्कै दिमागी काम गर्नु, मैथुन गर्नु या सुत्नु, व्यायाम विल्कुलै नगर्नु, परिश्रमदेखि टाढै भाग्नु, कब्जियतमा के खाने ? प्राकृतिक खाद्यपदार्थ नै सेवन गर्ने, उम्रेको अन्नलाई प्राथमिकता दिने, गहुँको बोटको रस पिउने, गहुँ, चना, जौ आदिको चोकरसहितको रोटी मजाले चपाएर खाने, खानामा जाउलो, मुँग र रहरको दालको मात्रा बढाउने, फलमा केरा, स्याउ, अंगुर, मेवा, आँप, खरबुजा, किसमिस, काजु बदाम आदिको प्रयोग गर्ने, खानामा भातभन्दा बढी तरकारी खाने, सलगम, गाँजर, मुला, टमाटर, पालुंगो, मेथी, बन्दा, बेथे, प्याज आदिलाई सानासाना टुक्रा बनाएर कागती निचोरेर सलाद बनाएर खाने, राति तातो दूध एक गिलास पिएर सुत्ने, सर्बत, सुप, लस्सी, मोही, पानी धेरै मात्रामा पिउने।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #constipation #followus #hardstool #stomachproblems #intestineproblems #difficulty #hardstool #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #darshanhospital #happyteej❤️ #teejsong #teejsongs #teejnepalisong #happyteejeveryone #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday follow us @Expert Clinic