info
१.कपर-टि। यो महिलाको पाठेघरमा राख्ने साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी मानिन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागेमा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सहज रूपमा निकाल्न सकिन्छ । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन । २.इम्प्लान्ट इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्माएको ६ हप्तापछि इम्प्लान्ट प्रयोग गर्न सक्छन् । इम्प्लान्ट एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्न सक्छ । यो पनि प्रभावकारी हुने र आवश्यक परे पुनः गर्भधारण गर्न सकिने हुन्छ । यसको प्रयोगले बच्चामा स्तनपानको असर पर्दैन ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #copperT #iucd #iud #iudinsertion #implant #implants #contraception #pills #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
Duration: 17 sPosted : Wed, 06 Sep 2023 02:33:31Views
669.4KDaily-
Likes
9.4KDaily-
Comments
82Daily-
Shares
813Daily-
ER
1.54%Daily-