info

हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ।खाना उचित के हो र अनुचित के हो भनेर जाँच्ने संसारको सबैभन्दा ठूलो ल्याब हाम्रो शरीर हो। खाएको खाना मिलेनमिलेको, बढी भए नभएको, रोग लागेको शरीरमै देखा पर्छ। त्यसैले खाना उचित वा अनुचित छुट्टयाउने मापदण्ड पनि शरीर नै हो। जुन खाना खाँदा शरीरले सजिलै पचाउन सक्छ त्यो खाना उचित हो भने जुन पचाउन गाह्रो हुन्छ त्यो अनुचित हो। पच्न सजिलो खाना– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन्। सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू। प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन्। पच्न गाह्रो खाना– मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता खानामा शरीरलाई चाहिने रेशा (छोक्राबोक्रा) हुँदैनन्। #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#surgery#operation#piles#pilestreatment#piles_03#healthyfoods#foodtiktok#feedingtubeawareness#eathealthy#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#teejspecial#teejsong#teej#teejay_memes#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyp#onthisdayoriginal sound

Duration: 26 sPosted : Mon, 21 Aug 2023 14:19:01

Views

518.8K

Daily-

Likes

5.9K

Daily-

Comments

15

Daily-

Shares

51

Daily-

ER

1.15%

Daily-