गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । महिना नाघेपछि, थाहा नपाई पानी बगिरह्यो, गम्भीर प्रकारको गर्भेशिशु नबढ्ने समस्या, गर्भेशिशुको मिर्गाैला, पिसाब नली, वंशाणु अंशमा गडबडी, गर्भवती महिलामा थाइरोइड ग्रन्थिको समस्या, मुटुमा खराबी एवं कतिपय औषधि सेवनको कारणले शिशु वरिपरि पानीको मात्रा कम हुनसक्छ ।गर्भेशिशु वरिपरि पानीको मात्रा कम हुँदा गर्भ अवधिको तुलनामा पेट सानो देखिने, पेट छाम्दा पूरै बच्चा तथा हातखुट्टा मात्र छामिने, गर्भवती महिलालाई बच्चा कम चलेको अनुभूति हुने हुन्छ । पानी कम भएको वा गर्भेशिशुको कम वृद्धि विकास, विकलाङ्ग, मिर्गौलामा खराबी भएको हुनसक्छ । यसको कारक तत्व खुट्याउने क्रममा वंशाणु अंश, जन्मजात संक्रमण, मूत्र प्रणाली एवं खाद्य प्रणालीका लागि अल्ट्रासाउन्ड, ईसीजी, इको गराउनुपर्दछ ।यस्तो समस्या हुँदा गर्भावधिअनुसार शिशुलाई पर्ने असर पनि फरक–फरक हुन्छ । गर्भावस्थाको मध्यताका यस्तो समस्या देखिएमा गर्भ तुहिने, विकलाङ्ग शिशु जन्मिने, शारीरिक अङ्ग थिचिन सक्ने हुनाले फोक्सो र हातखुट्टामा समस्या देखिने, शिशु वरिपरिको झिल्ली हातखुट्टामा टाँसिने, महिना नपुग्दै बच्चा पाउने, गर्भभित्रै शिशुको मृत्यु हुने पनि हुनसक्छ । यस्तो समस्याले गर्भावस्थाको मध्यपछि भने शिशु वृद्धि विकास कम हुने, पानी निकै कम हुँदा सुत्केरी व्यथाका क्रममा सालनाल थिचिने, च्यापिने हुँदा शिशुको मृत्यु पनि हुनसक्छ! #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #babymove #babymovements #afi #amniotic #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday